Wednesday, August 6, 2014

मेहन्दी ( २ )

Pic Credit: Samriddhi Rauniyar
http://goo.gl/fbnyzm

यहि श्रावण त हो,
पोहोर साल
लगाइथ्यौ हातभरी मेहन्दी
राखेर फोटो फेसबुकका भित्तामा
देखाइथ्यौ ति हातमा हाँसिरहेका
फुलझैँ सुन्दर मेहन्दीका बुट्टा
चिरिच्याट्ट तिम्रै हात देखेर त हो-
मैले पनि लेखेथेँ
तिम्रो मेहन्दीको कविता
ति हातका सुन्दर बुट्टामा, थपेथेँ
शब्दहरुको नजानिँदो गाढापन
(तिम्रै कविता नभने पनि,देखाएथेँ त तिमीलाई)

यो साल,
न देखिन्छ तिमीलाई
न ति हातमा फुलबुट्टे मेहन्दीको चित्र
सम्झेर उही पुरानो तस्विर
फेरी लेखियो अर्को कविता
थाहा छैन बने/बनेनन् ति हातमा
उस्तै बेजोड गाढा मेहन्दीका बुट्टा

काश, कोही त होस्-
जसले लेखोस्
मेरो पनि सम्झनामा कविता

२०७१/०४/०१

See Here: मेहन्दी(१)