अस्ति काठमाण्डौ पुगेको बेला
व्यस्त सहरको कुनामा
छुटेको पच्चिस वर्ष पछि
अनायास भेट भयो ऊसँग
ऊ अर्थात् -
कुनै समयकी सहपाठी,
मेरी सबैभन्दा प्रिय साथी
र बन्न नसकेकी प्रेमिका
कतैकतै फुल्न थालेछ कपाल
रातो मेहन्दी राखेकी रहिछे,
अलिअलि मोटाइछे,
धमिला भएछन् हस्तरेखा,
उमेर पाकेका मसिना धर्सा
देखिन थालेछन् अनुहारमा
अझै उस्तै रहेछ -
माथिल्लो ओठको देब्रेतिर बसेको
मसिनो, कालो कोठी
पहिलेकै जस्तो आँखाको आभा
र पीपलपाते ओठको हाँसो
जसले लाठ्ठ्याएथ्यो मलाई
उहिले, उहिले
मलाई भेटेपछि निकै खुसी भई
नजिकै रहेछ घर
लगेर आफ्नै हातको मिठो कफी खुवाई
- आफू र श्रीमान् दुवै डाक्टर भएको
- छोराहरू अमेरिका पुगेको
- जिन्दगी सोचेजस्तै सुखी बनेको
यस्तै यस्तै कुराहरू सुनाई
कुनैबेला सँगै पढ्थ्यौं हामी
उमेरका दिन थिए ती
अनगिन्ती रहरका चङ्गाहरू थिए
थियो- चमेली फूल जिस्काएर भाग्ने
बतासजस्तो बैँस !
सम्झनामात्रै पो भएछन् अब ती
कुन विवशताले हुर्काएँ होला
इकारसजस्तो सपना डुबेको जिन्दगी!
पहिले कविता लेख्ने गरेको सम्झाएर सोधी
अचेल लेख्दैनौ कविता?
कसरी पो भन्नु थियो मैले -
जुनदिन छुट्टिएँ तिमीसित
त्यसैदिनदेखि मर्यो मभित्रको लय
र हरायो मभित्रको कविता
स्मृतिको छाल बढिरह्यो दुवैतिर
र फेरी सोधी -
तिमी हाम्रो कक्षामा भर्खर आएको बेला
मैले गाली गरेको याद आउँदैन ?
तिमीसँग बोल्दा साथीहरूले जिस्काएको,
जिस्काएपछि बोल्न लजाएको,
साइन्सको भाइभामा तिमीलाई सिकाउँदा
मैले गाली खाएको ,
आफ्नो जन्मदिनमा तिमीलाई
अरूलाई भन्दा धेरै चकलेट खुवाएको,
रात-रातभर फोनमा गफ गरेर बिताएको
घुर्काएको, थर्काएको ....
केही, केहीपनि तिमीलाई आउँदैन याद?
याद त कत्ति थियो कत्ति
भनिनँ -
तिमीलाई सम्झिरहन्छु हरपल
बाक्लै देख्छु सपनामा पनि
झन् कसरी भन्न सक्थेँ
उहिल्यै त भन्न नसकेको कुरा
म प्रेम गर्छु तिमीलाई भनेर
यत्ति भनेँ मैले-
असम्भव कुराको याद गरेर के गर्नु
त्यही यादलाई बिर्सन त म
तिमी भएको सहर छोडेर पसेको हुँ गाउँ
आजभन्दा पच्चिस वर्ष पहिले
२०७२/०६/२५
व्यस्त सहरको कुनामा
छुटेको पच्चिस वर्ष पछि
अनायास भेट भयो ऊसँग
ऊ अर्थात् -
कुनै समयकी सहपाठी,
मेरी सबैभन्दा प्रिय साथी
र बन्न नसकेकी प्रेमिका
कतैकतै फुल्न थालेछ कपाल
रातो मेहन्दी राखेकी रहिछे,
अलिअलि मोटाइछे,
धमिला भएछन् हस्तरेखा,
उमेर पाकेका मसिना धर्सा
देखिन थालेछन् अनुहारमा
अझै उस्तै रहेछ -
माथिल्लो ओठको देब्रेतिर बसेको
मसिनो, कालो कोठी
पहिलेकै जस्तो आँखाको आभा
र पीपलपाते ओठको हाँसो
जसले लाठ्ठ्याएथ्यो मलाई
उहिले, उहिले
मलाई भेटेपछि निकै खुसी भई
नजिकै रहेछ घर
लगेर आफ्नै हातको मिठो कफी खुवाई
- आफू र श्रीमान् दुवै डाक्टर भएको
- छोराहरू अमेरिका पुगेको
- जिन्दगी सोचेजस्तै सुखी बनेको
यस्तै यस्तै कुराहरू सुनाई
कुनैबेला सँगै पढ्थ्यौं हामी
उमेरका दिन थिए ती
अनगिन्ती रहरका चङ्गाहरू थिए
थियो- चमेली फूल जिस्काएर भाग्ने
बतासजस्तो बैँस !
सम्झनामात्रै पो भएछन् अब ती
कुन विवशताले हुर्काएँ होला
इकारसजस्तो सपना डुबेको जिन्दगी!
पहिले कविता लेख्ने गरेको सम्झाएर सोधी
अचेल लेख्दैनौ कविता?
कसरी पो भन्नु थियो मैले -
जुनदिन छुट्टिएँ तिमीसित
त्यसैदिनदेखि मर्यो मभित्रको लय
र हरायो मभित्रको कविता
स्मृतिको छाल बढिरह्यो दुवैतिर
र फेरी सोधी -
तिमी हाम्रो कक्षामा भर्खर आएको बेला
मैले गाली गरेको याद आउँदैन ?
तिमीसँग बोल्दा साथीहरूले जिस्काएको,
जिस्काएपछि बोल्न लजाएको,
साइन्सको भाइभामा तिमीलाई सिकाउँदा
मैले गाली खाएको ,
आफ्नो जन्मदिनमा तिमीलाई
अरूलाई भन्दा धेरै चकलेट खुवाएको,
रात-रातभर फोनमा गफ गरेर बिताएको
घुर्काएको, थर्काएको ....
केही, केहीपनि तिमीलाई आउँदैन याद?
याद त कत्ति थियो कत्ति
भनिनँ -
तिमीलाई सम्झिरहन्छु हरपल
बाक्लै देख्छु सपनामा पनि
झन् कसरी भन्न सक्थेँ
उहिल्यै त भन्न नसकेको कुरा
म प्रेम गर्छु तिमीलाई भनेर
यत्ति भनेँ मैले-
असम्भव कुराको याद गरेर के गर्नु
त्यही यादलाई बिर्सन त म
तिमी भएको सहर छोडेर पसेको हुँ गाउँ
आजभन्दा पच्चिस वर्ष पहिले
२०७२/०६/२५
Aba unlai tag hanne ho
ReplyDeleteHaha. Timree uni? :P
Deleteराम्रो लाग्यो नवीन दाइ । अझ यो भन्दा राम्रो लेख्ने प्रयास गर्नुहोला ।
ReplyDeleteधन्यवाद भाइ सन्दिप । प्रयास जारी राख्नेछु ।
Deleteखुब याद राख्या रैछौ त गालाको कोठी
ReplyDeleteहेहेहेहे खुब राम्रो साथीको लाइन !
ओठको माथी छ सर कोठी, यसरी ठाउँ नासारीयोस् त :)
Delete