Thursday, April 18, 2013

नयाँ वर्ष


यो नयाँ वर्षमा,
आशा गरौं
आकाशबाट झर्नेछ एक टुक्रा जून
र मझेरीमा पोखिएर
हटाउनेछ त्यसले
हाम्रो आंगनको अँध्यारो

सपनाको फूलबारीमा फुल्नेछ
केही थान सुन्दर फूलहरू,
उदाउनेछ रातो सूर्य
र बेफिक्री निदाइरहेको देशमा
विपनाको पैरवी गर्न
फर्किनेछ विश्वासको नायक

एउटा वर्षलाई बिदा गर्नुछ सधैंका लागि,
र बाँकी छन् नमेटिएका सम्झनाहरू ।
केही थान तिनै सुदूर सम्झना बोकेर
यो चन्द्रागिरीको फेदीबाट
म कुरिरहेछु अर्को रातो घाम!
सुन्दर, शान्त बिहान!

नयाँ बर्षको शुभकामना!

1 comment:

  1. आशा गरुँ, तिमीले भने जस्तै नयाँ सालले नयाँ उमङ्ग बोकेर जुन र फूल बनेर हाम्रो आँगनमा एक फन्को मार्नेछ......

    ReplyDelete