Tuesday, April 30, 2013

गजल





तिमी कुद्ने घरमाथीको बाटो मासिएछ
हामी खेल्ने चौतारीको ढुङ्गो भासिएछ

गोठालोमा लुकामारी खेल्ने बनै भरी
बिकाशको नाममा कुरुप सडक टाँसिएछ

चिसो पानी झर्ने खोल्से ढुङ्गे धारो भरी
काला सर्प जस्तै लाग्ने पाइप गाँसिएछ

दुख, सुख जे पर्दा नी साथै हुन्थे गाँउले
मान्छे सबै एक्लिएछन, गाँउ त नासिएछ!

2 comments:

  1. गोठालोमा लुकामारी खेल्ने बनै भरी
    बिकाशको नाममा कुरुप सडक टाँसिएछ.. yo ramro chha dear.

    उनको-मेरो पिरतीको कथा बोक्ने साक्षि
    लालीगुराँस फुल्ने पाखो त्यसै तासिएछ ।

    ReplyDelete
  2. धन्यबाद सर। आगामी दिनमा पनि सुझाब र प्रतिक्रियाको अपेक्ष्या गरेको छु

    ReplyDelete