Saturday, August 8, 2015

गजल

गजल लेख्न बिर्सेर धेरै पछि थाल्दा कनीकुथी यस्तो लेखियो -

P.S - The original writing had a name in the last line which I didn't dare to publicize.


बे-रङ्गी आफ्नै जिन्दगी देखेर
र हजार दुःखका इन्द्रेणी देखेर

सुनेँ, ईश्वर खोज्न हिँडेको कवि
फर्कियो रे बैँसको बल्छी देखेर

अचेल शरावले छुनै छाडेको छ
बरु लाग्छ यार नशा तिमी देखेर

के-के भएछ हिजो बन्द कोठामा
बल्ल पो थाहा भो सिरानी देखेर

सस्तै त नवीन दिवाना हुन्नथ्यो  
थालेछ पिछा कुन कस्तूरी देखेर

6 comments:

  1. धेरै राम्रो छ keep it up :)

    ReplyDelete
  2. मिsssठो छ, थोरै शब्द संरचना भङ्ग छ , त्यस्लाई मिलाए जाती हुन्थ्यो होला ।

    ReplyDelete