जिन्दगी
कविहरूले लेखे
जिन्दगी यस्तो हुनुपर्थ्यो
यो आउनुपर्थ्यो
त्यो हट्नुपर्थ्यो
मैले भनेँ -
तिमी आउनु ,
छेउमा बस्नु र हाँसिदिनु
जीवन यस्सै सुन्दर हुनेछ
....................................................................
मोफसलको चिठी
म बोल्दा बिथोलिन्छ तिम्रो निद्रा
मेरो कलमले खुब घोच्न थालेको छ तिमीलाई,
तिम्रो कुर्चीमुनी
जरूर गएको छ भुइँचालो
यति बुझिराख्नु
रगतको होली खेलिराखेर मात्रै
धेरै टिक्न सक्दैन तिम्रो सत्ता
ओ राजधानी, भन-
हाम्रा कविता बिरूद्ध
कहिलेसम्म पड्काउँछौ बन्दुक?
कति दिन मार्छौ हामीलाई?
कलमको आँशुले भिजेपछि एकदिन
चिसो हुनेछ बारूद
र फर्किनेछ तिम्रै छातीतिर
....................................................................
जुनकिरीको संगीत
म कहानीहरूको कुरा गर्छु
तपाईँ कहालीहरूको कुरा गर्नुहुन्छ
म प्रेम गर्नुस् भनिरहन्छु
तपाईँ पैसाले पुग्दैन भन्नुहुन्छ
म जे जे गर्छु
तपाईँ ठीक उल्टो उल्टो गर्नुहुन्छ
र भन्नुहुन्छ -
“क्यै मज्जा छैन यार जिन्दगीमा”
महाशय, ओ महाशय
आउनुस्
माथी देउरालीसम्म उक्लौँ
र जुनकिरीहरूसँग सोधौँ
कति उज्यालो चाहिन्छ
जिन्दगी बिताउन?
....................................................................
Earthquake
Come near,
Hold hands
And stare into my eyes
I can rebuild you
Into monuments
Bit by bit,
Piece by piece,
Block by block
O life..
O earthquake!
....................................................................
Heartbreak
I thought I knew
What real pain felt like
But I didn’t,
Until that day
When I saw the way
You looked at her!
....................................................................
Nostalgia
Once were there
craved slow touch,
shy denial,
surrendered blushes;
Then LIFE happened
leaving behind
these memories
that translates to hiccups~
....................................................................
No comments:
Post a Comment