Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Friday, March 20, 2020

गल्ती

भर्खरै भर्ना भएको नयाँ विद्यालय
कक्षा आठको तेश्रो दिन
तेश्रो पिरियडको सुरू हुनुभन्दा दुई मिनेट अघि
जब अन्तिम बेन्चतिर फर्कियो तिम्रो मुहार
ठीक त्यसैबेला सुरू भएको हो
हाम्रा आँखाहरूको मौन संवाद
जो अविछिन्न चलिरह्यो
त्यसपछिका कम्तिमा आधा दशक 

सम्झिल्याउँदा जिन्दगीमा
ऊबेलादेखि आजसम्म अनेक गल्तीहरू गरियो
सरले पढाइरहँदा तिमीले आँखा झिम्क्यायौ
आफुले पनि झिम्काइयो
कस्सम कान्छी,
तिम्रै सम्झनामा कति रात अनिदो बिताइयो
तिमीले दिनदिनै ल्याइदिने डेरीमिल्क,
सरले सोध्दा खुसुक्क उत्तर सिकाइदिने बानी,
जन्मदिनको चकलेट,
साइन्सको भाइभा,
कत्ति कत्ति... नराखौं यी गल्तीहरूको हिसाब
टाँस्दा टाँस्दै स्कुलको भित्तेपत्रिका
पत्तै भएन कहिले टाँसियो तिमीसँग म

कम्पासले कोरेर बेन्चमाथी लेखिएका
तिम्रा र मेरा नामका सुरुवाती अक्षरहरू,
सुसेली हालेर एकअर्कालाई जिस्काइरहने साथी,
कक्षाबीच कुरा गर्दा केरिने नोटबुकका अन्तिम पन्नाहरू,
खो-खो र कबड्डीको खेल
सँगैसँगै घर फर्किने दोबाटो,
यी सबै मेरा गल्तीका मौन दर्शकहरू हुन् 

फर्काउन मिल्थ्यो भने समय
कसैगरी उल्टोतिर
र दोहोर्याउन मिल्थ्यो भने कुनै पल जिन्दगीमा,
कस्सम कान्छी, म हरेकपल्ट
जीवनकै सबैभन्दा स्वर्णिम गल्ती,
तिमीसंग पहिलोपटक आँखा जुधेको पल दोहिर्याउने थिएँ 
किनकी -
सही-सलामत रहुन्जेलसम्म यो दृष्टी
यी आँखाहरू कहिल्यै अघाउन्नन् तिमीलाई हेरेर

Tuesday, February 14, 2017

I stopped writing letters


I'd listen for you
in the hum of humming bird
and look around, in every star
in every nook and crevice
in every sunset and every sunrise!







I stopped writing letters
The doctor says
Blood cells in my body are depleting
How shall he know,
The heart ain’t a mere pump
Beating, thumping, trickling ….

Oh inapt,
How shall thou determine ailment
by sensing the pulsation?
But ought you dive to depths of heart
And listen intently
to discover ‘faults’ in the story

Is it de rigueur to exhaust blood?
I squandered, till today
Blood-ink that the deity gave
At times, together with her,
Largely- much before time
And, what remains now is
All for her to use this pump
I stopped writing letters
As no one’s left to read them now
Left are ones, who check grammar between lines
Left are ones who check nerves, not emotions anyway

I stopped writing letters
My doctor says: the blood has run out
How shall he know-
The triumph, whatever, too is ailing now

And maybe…
Maybe he knows, my heart is a mere pump now.

I stopped writing letters [to her]

Sunday, July 31, 2016

An Ode to my Love

Would I resurface,
and see the sun again?
My muse smiles her crooked smile!

Sometimes, I wonder
You and I
If we meet someday
How will we calm
our shy heartbeats?
I think we'll just pass poems
written on napkins to each other..
Steal a few shy glances,
Sip the now-turned-cold coffee,
And walk away
Reminiscing the paths we didn’t take
While we could...

Back home -
You’ll write a poem
On some random page of diary
That I gifted you
on your twentieth birthday
Packed without the red rose and a love letter
that I so, so much wanted to keep
(Though, never did so, someway)
About how we ended up being mere footnotes
While we could have made a whole history
And slowly, silently close the diary-
your own heart crushed between pages
Where you just left the pen as bookmark!

And back home-
With a broad smile on my face
I'll write a story of how 
I met an immaculate girl on one of my high school grades
And how our eyes talked for the first time,
The first time I saw your teeth
behind bars of those imperfectly-curled lips
The sharing of glitzy smile
Those extra-chocolates you gave me on your birthday,
so hurried that someone might see and tease
Times you signaled answers on my viva tests
And got yourself rebuked
Of how we were like the adjacent stars-
Everyone saw us together,
But only did we know the millions of light year separating us away
of how LIFE happened in between, and 
LOVE slipped through our unconfessed words.
I'll write the masterpiece of all my stories
The love story of two fireflies 
who never met at the crisscross to walk together

That day,
My muse shall smile your crooked smile!

Sunday, May 22, 2016

SHE

She- She was art
The masterpiece, indeed! 


She was a canvas colored so bright
Warmth of the sun
Very definition of light
But insecure, she took a brush
And painted herself darker than the black,
Hoping to change: the way she was
Only then did she realize
She was already a masterpiece
Right from the birth
Created, unlike others, to be unique
And also she knew-
The most beautiful is often called bizarre!
She wasn’t just a girl

She was the storm with skin!

May 3, 2016

***
Related :  http://goo.gl/XCfxwr

Thursday, May 5, 2016

Short Poems(1)

जिन्दगी

कविहरूले लेखे
जिन्दगी यस्तो हुनुपर्थ्यो
यो आउनुपर्थ्यो
त्यो हट्नुपर्थ्यो
मैले भनेँ -
तिमी आउनु ,
छेउमा बस्नु र हाँसिदिनु
जीवन यस्सै सुन्दर हुनेछ
....................................................................

मोफसलको चिठी

म बोल्दा बिथोलिन्छ तिम्रो निद्रा
मेरो कलमले खुब घोच्न थालेको छ तिमीलाई,
तिम्रो कुर्चीमुनी
जरूर गएको छ भुइँचालो
यति बुझिराख्नु
रगतको होली खेलिराखेर मात्रै
धेरै टिक्न सक्दैन तिम्रो सत्ता

ओ राजधानी, भन-
हाम्रा कविता बिरूद्ध
कहिलेसम्म पड्काउँछौ बन्दुक?
कति दिन मार्छौ हामीलाई?
कलमको आँशुले भिजेपछि एकदिन
चिसो हुनेछ बारूद
र फर्किनेछ तिम्रै छातीतिर
....................................................................

जुनकिरीको संगीत

म कहानीहरूको कुरा गर्छु
तपाईँ कहालीहरूको कुरा गर्नुहुन्छ
म प्रेम गर्नुस् भनिरहन्छु
तपाईँ पैसाले पुग्दैन भन्नुहुन्छ
म जे जे गर्छु
तपाईँ ठीक उल्टो उल्टो गर्नुहुन्छ
र भन्नुहुन्छ -
“क्यै मज्जा छैन यार जिन्दगीमा”
महाशय, ओ महाशय
आउनुस्
माथी देउरालीसम्म उक्लौँ
र जुनकिरीहरूसँग सोधौँ
कति उज्यालो चाहिन्छ
जिन्दगी बिताउन?
....................................................................

Earthquake

Come near,
Hold hands
And stare into my eyes
I can rebuild you
Into monuments
Bit by bit,
Piece by piece,
Block by block
O life..
O earthquake!
....................................................................

Heartbreak

I thought I knew
What real pain felt like
But I didn’t,
Until that day
When I saw the way
You looked at her!
....................................................................

Nostalgia

Once were there
craved slow touch,
shy denial,
surrendered blushes;
Then LIFE happened
leaving behind
these memories
that translates to hiccups~
....................................................................

Wednesday, December 30, 2015

मायाको न्यानो

ए बेइमानी मौसम
यो कठ्याग्रिँदो जाडोमा
एका बिहानै होस्,
या मध्यरात
किन अल्झाइरहन्छस् हँ ?
किन तानिरहन्छस्
उनको सम्मोहनमा !

थाहा छैन -
प्यारो सिरक हुनुपर्छ वा
उनीसँगै भएको आभास

थाहा छैन -
छिनछिनमै टुङ् टुङ् बजिरहने
मेसेज हो या मनको घण्टी

सहरको तापमान झर्दै-झर्दै
शून्यतिर आइपुगेको रात
मन न्यानो पारिराख्ने -
भइबरको गफ हो ?
वा उनको सानिध्य न्यानो भएको ?
ट्विटरमा उफ्रिने रातो पान-पात आकार
उनको मुटु हो वा मेरो धड्केको ?

जतिबेलै गफिइरहन मन लाग्छ,
इत्रिरहन मन लाग्छ,
जिस्काइरहन मन लाग्छ
खोजेर ससाना निहुँ-
बाझ्न पनि मन लाग्छ,
फकाउन पनि मन लाग्छ

कहिलेकाहीँ ऊ भन्छे -
"लभ पर्ला नि कान्छा,
धेरै नबोल्नु मसँग"
-परेन भने ?
-मैले फसाएँ भने ?
म भन्छु, कत्ति जिद्दी छ्यौ तिमी
भन्छे, जिद्दी हैन ; घुर्क्याएको
आफ्नैसँग त हो रिसाउने
एकछिनपछि भन्छे -
कल्ले पो माया लाउँछ तिमीसित
तिमीलाई त फकाउन नि आउँदैन !

अविच्छिन्न चलिरहेछ गफगाफ
तापक्रम घट्दै छ बिस्तारै,
चिसो खुब बढेको छ बाहिर,
एक, दुई हुँदै थपिएको छ टेबलमा-
रित्तो चियाको कप
स्लो मोसनमा चलेको छ घडी,
टुङ्-टुङ् बजिरहेकै छ
च्याटबक्सको मसिनो घण्टी
बजेछ रातको साढे दुई
लौ के गफ गर्दै बसिएछ
सात घण्टासम्म लगातार !

मिठो लत बनेको छ अचेल
उसँगको न्यानो गफ
बेइमानी मौसम,
चलेको छ चिसो सिरेटो
उसले माया गरेजस्तै लाग्ने
मिठा मिठा गफहरूमा
हराएछु म
कुनैदिन उनले भनेजस्तै
परेछ उसैसित लभ !

बस् मुस्काइदिन्छु बदलामा म