Monday, March 21, 2016

Let's call it a Love Poem~

#WorldPoetryDay 2016

When the new season arrives
The lovely spring.
And cherry blossoms its best
We'll take a seat together
Nearby a sea shore
And share
A blank stare into the abyss
I'll give you a rhyme
I'll tell you a story
From the sidelines of land
We'll watch the sea water
Kissing its shore
Infinite times,
Since eternity

Although you may say
All my puns are terrible
And
I can't do poems
In the space under trees
Honey,
More than planks and nails
Magic can once show up

One plus one plus one
Together
We'll make more than the sum

I've seen the atrocity of sunsets
I've seen the desolation of flowers fade
I know
Nothing lasts forever
Except the poetry within oneself
But then
You're the best poetry
That lives within my spirit

With your every dip,
My ocean trembles
And the ripple stays
Forever!

In burning heart
The unequivocal fire
Soars like a spire
Pandora,
I adore you
I implore you
Let's make life a love poem!

Saturday, March 12, 2016

They~

Image Source: http://goo.gl/stQJaF

They were the waves
On their way, moving forward
To find each other ~

She was an oasis in the desert
And-
He'd been lost in the dunes
For years then

She was an aching wave of ocean
And he was -
A minute particle of sand
Waiting endlessly
To be washed away by her force

He wished.
To be her morning newspaper,
She wished
To be his late night radio
Both wanted
To lay spilled together
And together -
They'd make a home
Out of each other

But then you know?
Life's not a Nicholas Spark's novel
He meets her
And they end up
Being together,
Forever!

Sunday, February 14, 2016

Lullaby


                                                                                         -Saurav Pantha

Yes...
she bleeds until her veins are emptied
she cries until her glands shrink
not a bit of anything she ever asked for,
neither ever will she
from the pitiful morning
to the hasty days
ending to the sleepless nights

With the sorrow she lives
and the sorrow she beholds
and the tears she flows
scrabbling for what she is,
wondering where she actually belongs
you can never see her sleighing
you can never hear her scream
neither you ever cared!

She lives for the children
she sowed and harvested
Instead the plant turned venomous,
turned their back on her
still she believes in righteous indignation,
in the innocence of her soul,
the justice her children owe her
yes, she believes....

If it ends her blood's fight
If it ends her spirit's fright
if she could sleep in her poignant nights
I would give her wings
from bedlam to peace
she could fly
slowly holding her head to my arms


I sing my nation a lullaby

Thursday, February 11, 2016

बधशालामा उभिएर...

हरेक दिन अचेल
साँझ बाक्लिँदै गएपछि
मेरो टहरोको छेउछाउतिर
निभेका ताराहरू झर्छन्
र बनाउँछन्
नाघ्नै नसकिने सिङ्कहोलहरू
तिनै खाल्डाहरूमा हेर्नू -
बौरिनै नसक्नेगरी पुरीएका
हाम्रा कैयन् सपनाका चिहान भेटिन्छन्
ए देश,
मजस्तै सपना हराएका मान्छेहरूलाई
सपना देखाउने
कुनै सपना छ तिमीसित?

जताजता हेर्छु
मान्छेहरू निसासिएको मात्रै देख्छु
बिग्रेको, भत्केको, नासिएको मात्रै देख्छु
उन्नत जे हुनुपर्थ्यो
सब भासिएको मात्रै देख्छु

सिटामोलको गोली किन्न नसकेर
आवाज सुनिदिने बोली किन्न नसकेर
एकसरो लगाउने चोली किन्न नसकेर
गाउँ नै उजाड हुनेगरी
बस्ती सखाप, सखाप हुनेगरी
मान्छेहरू मरिरहेछन् देशमा
...
यो देश हाम्रोपनि हो भन्दा
अब सधैँ दबिएर रहन्नौं भन्दा
हामीलाई पनि अधिकार चाहिन्छ भन्दा
नदी नै रातो हुनेगरी
रगत बगाएर
मान्छेहरू मरिरहेछन् देशमा
...
भुईँचालोमा घर भत्किएकाहरू
घरसँगै भर भत्किएकाहरू
अभर परेपछि जाडोले
राहत मागिरहेछन् घर बनाउन,
आधापेट मात्रै अघाउन्जी' खाएर
आधा, आधा जिन्दगी बाँचेकाहरू
सहन नसकेर भोकको चित्कार
कराइरहेछन् -
"हामीलाई चाँवल देऊ चाँवल,
पेटभरी खान पाउनुपर्छ हामीले"
प्रश्न यत्ति मात्रै हो-
तिनै भोका नागरिकहरूबाट
गाँस कटाएर असुलेको करले
किन किनिन्छ गोली
र सोझ्याएर ताकिन्छ
चामल मागीरहेकाहरूको छातीतिर?
ए देश,
तिमीनै भनिदेऊ
भोको मान्छेले खानुपर्ने
तातो भात हो कि तातो गोली?

मैले जानेको यत्ति हो
औषधी नपाएर,
बास नपाएर,
खाना नपाएर,
मान्छेहरू बित्थैमा मरिरहेको देशलाई
देश होइन बधशाला भन्दिए हुन्छ
...
मैले जानेको यत्ति हो
देश जसले राहदानी मात्रै बेच्छ
र युवाहरूलाई विदेश लघार्छ,
खोल्छ विदेशी मुद्राको सटही काउन्टर,
जहाँ  हरदिन साटिन्छ रेमिट्यान्ससँग
पसिना र रगतको उधारो जिन्दगी
सुन्निनु र मोटाउनुमा फरक हुन्छ महाशय!
जिउँदा नागरिकहरूको रगत बेचेर
हरेक वर्ष बजेट बनाइरहेको देशलाई
देश होइन बधशाला भन्दिए हुन्छ

सम्भावनाहरूले 'सुसाइड नोट' लेखिरहेको यो समय
प्रश्न यत्ति मात्रै हो
खरको छानोमा टिन फेर्ने सपनाले
अरब भासिएको छोरो
धागो बेरेको आफ्नै चिठी समाएर
फर्कियो भने 'रब'को प्यारो भएर
मध्यपूर्वको तातो बालुवामा
पसिना बगाएर पठाएको
युवाहरूको विप्रेषणबाट धानिएको देशले
किन्छ कि किन्दैन
उसकी पत्नीको लागि डिप्रेसनको औषधि?
कि थपिन्छ,
मात्र थपिन्छ
जिल्ला प्रहरीको फाइलमा
आत्महत्याको नयाँ रेकर्ड
श्रीमती मैना खवास
उमेर- २३ वर्ष!

अलि पर देखिरहेछु -
अस्पताल लैजान नपाएर
एम्बुलेन्सभित्रै मरेको बच्चाको लास
आँखैअघि देखिरहेछु
बलात्कृत भएर फालिएकी युवतीको
खुट्टाछेउ आलो रगतको टाटो
र डाक्टरले हिजोमात्रै पठाएको
फर्जी फरेन्सिक रिपोर्ट
अघिल्तिर छन् -
एक्लै हिँड्न पनि डराउन थालेका
आमा/दिदी, साथीहरूको उदास अनुहार
यो धर्तीकै सबैभन्दा कुरूप ठाउँमा उभिएको
यो देशको सबैभन्दा लाचार नागरिक
सोधिरहेछु निरन्तर
ए देश,
तिमीलाई देश भनौं कि बधशाला?

Saturday, February 6, 2016

साला पहाडोमेँ क्या है

उहिले~
हामी सानो छँदाको कुरा हो
अचेलका हामीजत्रै दाइ, अंकलहरू
कुनैदिन एकाएक हराउँथे घरबाट
कसैलाई पत्तो हुन्थेन कहाँ गएका हुन्
अर्को वा झन् अर्को दसैँतिर
काँधमा चाइनिज क्यासेट बोकेर
अग्ला बुटजुत्ता बजार्दै
फेरी आइपुग्थे गाउँ
लाहुरे बनेर

ल्याउँथे गाउँभरलाई पुग्ने कोसेली
आमालाई गुन्यूँ, साडी
बालाई लवेदा, फेटा
भाइहरूलाई पिल्पिले घडी
र कुर्ता-सलवार मनपर्ने सोल्टिनीका लागी


चौतारीमा बसेर सुनाउँथे
लाहुरमा देखेका कुरा -
चिल्ला सडक, अग्ला घर,
मोटरगाडी, रेलगाडी...
वा यस्तै यस्तै
'लाहुर'का तिलस्मी कथा
हेर्थे झुपडीजस्ता 'मकान'
धुलो उड्ने साँघुरो 'रास्ता'
र पिच्च छेउतिर थुकेर भन्थे-
साला पहाडोमें क्या है!


अचेल पनि गइरहेछन् ~
दाइ, अंकल र साथीहरू
देश छोडेर
फरक यत्तिमात्रै हो
भागेर लाहुर जानेहरू
कम भएका छन् अचेल
निधारमा दही अक्षताको रातो टिका
आँखामा मधुरा सपना
र ब्यागमा प्रियसीको फोटो
बोकेर जान्छन् उनीहरू
मलेसिया, कतारका खाडीहरुतिर
कोही पुग्छन् युरोप, अमेरिकातिर...
अक्सर फर्केर आउँछन्
दुई या तिन वर्षपछि
क्यासेट र सन्दुकको साटो
रङ्गीन टिभी र सुटकेश बोकेर
घडीको सट्टा भाइलाई आइफोन
प्रियसीको लागी 'सेल्फी स्टीक' बोकेर
यत्ति फेरिएको हो दृश्य


फर्केर आएकाहरू उस्तैगरी सुनाइरहेछन्
उही चौतारोमा बसेर
चौडा सडक, ठुला चिलगाडीहरूका किस्सा
सुन्नेहरूलाई सित्तैमा बेचिरहेछन्
आलिसान जिन्दगीको सपना
र बिदा सकेर फर्कनेबेला
पिच्च थुकेर पिढीको डिलबाट
भनिरहेछन्-
साला पहाडोमें क्या है!


कम्तीमा विगत चार पुस्ताले
सिँहदरबारतिर फर्केर
निरन्तर सोधिरहेको यो प्रश्नको
कसले, कहिले दिन्छ उत्तर
साला पहाडोमें क्या है?

Wednesday, December 30, 2015

मायाको न्यानो

ए बेइमानी मौसम
यो कठ्याग्रिँदो जाडोमा
एका बिहानै होस्,
या मध्यरात
किन अल्झाइरहन्छस् हँ ?
किन तानिरहन्छस्
उनको सम्मोहनमा !

थाहा छैन -
प्यारो सिरक हुनुपर्छ वा
उनीसँगै भएको आभास

थाहा छैन -
छिनछिनमै टुङ् टुङ् बजिरहने
मेसेज हो या मनको घण्टी

सहरको तापमान झर्दै-झर्दै
शून्यतिर आइपुगेको रात
मन न्यानो पारिराख्ने -
भइबरको गफ हो ?
वा उनको सानिध्य न्यानो भएको ?
ट्विटरमा उफ्रिने रातो पान-पात आकार
उनको मुटु हो वा मेरो धड्केको ?

जतिबेलै गफिइरहन मन लाग्छ,
इत्रिरहन मन लाग्छ,
जिस्काइरहन मन लाग्छ
खोजेर ससाना निहुँ-
बाझ्न पनि मन लाग्छ,
फकाउन पनि मन लाग्छ

कहिलेकाहीँ ऊ भन्छे -
"लभ पर्ला नि कान्छा,
धेरै नबोल्नु मसँग"
-परेन भने ?
-मैले फसाएँ भने ?
म भन्छु, कत्ति जिद्दी छ्यौ तिमी
भन्छे, जिद्दी हैन ; घुर्क्याएको
आफ्नैसँग त हो रिसाउने
एकछिनपछि भन्छे -
कल्ले पो माया लाउँछ तिमीसित
तिमीलाई त फकाउन नि आउँदैन !

अविच्छिन्न चलिरहेछ गफगाफ
तापक्रम घट्दै छ बिस्तारै,
चिसो खुब बढेको छ बाहिर,
एक, दुई हुँदै थपिएको छ टेबलमा-
रित्तो चियाको कप
स्लो मोसनमा चलेको छ घडी,
टुङ्-टुङ् बजिरहेकै छ
च्याटबक्सको मसिनो घण्टी
बजेछ रातको साढे दुई
लौ के गफ गर्दै बसिएछ
सात घण्टासम्म लगातार !

मिठो लत बनेको छ अचेल
उसँगको न्यानो गफ
बेइमानी मौसम,
चलेको छ चिसो सिरेटो
उसले माया गरेजस्तै लाग्ने
मिठा मिठा गफहरूमा
हराएछु म
कुनैदिन उनले भनेजस्तै
परेछ उसैसित लभ !

बस् मुस्काइदिन्छु बदलामा म